कहिले काही त कल्पनाले ट्याक्सी चालकहरुसँग सम्बन्ध राख्दा राख्दै कृष्ण पुग्थे र छोरीलाई यस्तो सम्म गर्थे (भिडियो हेर्नुहोस)

गोंगबुमा भएको कृष्णबहादुर बोहराको ज्यान लिएको अभियोगमा चितवन कालिका नगरपालिका वडा नम्बर ७ बस्ने ३७ वर्षीया कल्पना मुडभरी (पौडेल) पक्राउ परिन् । घटनामा कक्षा १० मा पढ्ने उनकी १५ वर्षीया छोरी पनि पक्राउ परिन् । छोरी ज्यान लिना सामेल नभएपनी उनीमाथि शव व्यवस्थापनमा सघाएको र घटना थाहा पाएर पनि प्रहरीमा खबर नगरेको भन्ने आरोप छ ।

गत आइतबार बिहान टोखा नगरपालिका–१० गोंगबुमा टाउको र शरीर छुट्याइएको अवस्थामा बोहोरा फेला परेका थिए । उक्त आरोपमा पक्राउ परेकी कल्पना बट प्रहरीले नयाँ-नयाँ तथ्य पत्ता लगाएको छ । महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार अहिले प्रहरीले समातिएका तथा नियमित सम्पर्कमा रहेका एम्बुलेन्स चालकलाई समेत घटनाको विषयमा सोधपुछ गरिरहेको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस