काठमाडौं उपत्यकामा थप ९८ जनामा संक्रमण, कुल संक्रमितको संख्या

काठमाडौं, ३१ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९८ संक्रमित फेला परेका छन् । यस अघि बुधबार १ सय ३८ जनामा र गत मंगलबार १ सय ३४ जनामा संक्रमणको पुष्टि भएको थियो ।यस्तै बिहीबार १ सय २७ संक्रमित थपिएका थिए भने शुक्रबार १ सय १९ संक्रमित थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९८ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमााडौंमा मात्र ८० संक्रमित थपिएका छन् भने ललितपुर ९ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ९ जना संक्रमित देखिएका छन् । योसंगै काठमाडौं उपत्यकामा संक्रमितको कुल संख्या एक हजार ८ सय पुगेको छ ।

प्रतिक्रिया दिनुहोस