संखुवासभा केन्द्रविन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प

संखुवासभा केन्द्रविन्दु भएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार संखुवासभाको थुडाम केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

भूकम्प शनिबार दिउँसो ४ बजेर ७ मिनेटमा गएको केन्द्रले जनाएको छ।

यसअगाडी साउन २१ गते दिँउसो साढे ४ बजे ललितपुरको बंगलामुखि केन्द्रबिन्दु बनाएर ३ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस