गोंगबु घटना : कृष्णकी श्रीमती पहिलोपटक मिडियामा, ला’श उठाउन भारतबाट काठमाडौँ आइन (भिडियो)

काठमाडौ । आफ्नो श्रीमानलाई विभत्स गरिकाले ज्या’न लिएको जानकारी पाएपछि कृष्णबहादुर बोहोराको श्रीमती अहिले काठमाडौ आएकी छन् । बोहोराको दुई श्रीमती हुन् । एउटी श्रीमती भारतमा बस्छिन् भने अर्की श्रीमती दागंमा छन् । कृष्णबहादुरको दुवै श्रीमतीसंग राम्रो सम्बन्ध नभएको बताइएको थियो । दुवै श्रीमतीसंग सम्बन्ध राम्रो नभएका कारण उनी कल्पना मुडभरी (पौडेल) संग नजिकिएका थिए । कल्पना पनि आफ्नो श्रीमानको दोस्रो श्रीमती हुन् । श्रीमान पहिलो श्रीमतीसंग बस्न थालेपछि कल्पनाको पनि श्रीमानसंग सम्बन्ध विग्रिएको थियो । त्यसैले यि दुवैजना करिब चार वर्ष देखि नजिकिएका थिए ।

उनले आफुसंग राम्रो सम्बन्ध नभएका भएपनि श्रीमानको निधन सहन सकिनन् । उनले मिडियामा भनेकी छन्, मान्छेमा वैगुन भन्ने केही पनि छैन । उनले कल्पनासंग कृष्णबहादुर संगै बसेको बारेमा आफुलाई जानकारी नभएको बताएकी छन् । उनले केही मिडियामा आफ्ना श्रीमानले करणी गरेको भनेर पनि लेखेको भन्दै त्यो सरासर झुटो भएको बताएकी छन् । त्यो कुरा सरासर झुटो हो, मान्छेमा बैगुन भन्ने केही पनि छैन । उनले श्रीमानले अन्य महिलासंग मन डुलाउँदा यस्तो अवस्था आएको भने उनले स्वीकार गरिन् ।

उनले भनिन्, म यहि मिडिया मार्फत भन्न चाहन्छु सबै दिदीबहिनीले अर्काको पुरुषको शरिरलाई सर्प सम्झनुहोला, पुरुषको शरिर ड’स्ने नाग हो त्यसैले टाढा बस्नुस् । जे छ आफुसंगै त्यसैसंग सन्तुष्ट हुनुस् । अर्काको शरिरसंग आकर्षित नहुनुस् । उनले पैसाको बारेमा आफुलाई कुनै जानकारी नभएको बताएकी छन् । उनले श्रीमानसंग सम्पर्कमै रहेको बताएकी छन् ।

कृष्णको श्रीमतीसंगै आएका आफन्तले घटनामा एक जना महिलाको मात्र संलग्नता नभएर अरु पनि सहभागी भएको शंका गरेका छन् । एक जना महिलाले मात्र यस्तो घटना कसरी सम्भव हुन्छ ? उनले भने, प्रहरीसंग यस विषयमा कुराकानी भएको छ । प्रहरीले यस वारेमा अनुसन्धान गर्छौ भनेका छन् । उनले प्रहरीले अनुसन्धान अझै नसकिएको प्रहरीले बताएको पनि जानकारी दिए । कृष्णबहादुरको परिवारले कल्पना मुडभरी (पौडेल) का विरुद्धमा मात्र किटानी जाहेरी दिएका छन् ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस