एउटै व,डामा १६ जनालाई स”र्पले टोकेपछि स्थानीयवासी त्र”सित

महोत्तरीमा एउटै वडामा १६ जनालाई विषा`लु सर्पले टोकेपछि स्थानीयवासी त्र`सित भएका छन् ।

महोत्तरीको भङ्गहा नगरपालिका–५ राजपुरमा पाँच घण्टाको अन्तरालमा १६ जनालाई सर्पले टो`केपछि स्थानीवासी त्रसित भएका हुन् ।

धानखेतमा काम गरिरहेका बेला बिहीबार ४५ वर्षीया जैमुन खातुनलाई विषा`लु स`र्पले टोकेपछि उनको मृत्यु भएको थियो । शुक्रबार साँझ ५ बजेदेखि राति १० बजेसम्म थप १५ जनालाई एउटै स`र्पले टोकेको भन्दै अहिले सो गाउँभरि त्रास फैलिएको भङ्गहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले बताए ।

अहिले त्यहाँका  स्थानीयवासी आ–आफ्नै घरमा सतर्क भएर बसिरहेका छन् भने घरबाट निस्कन छाडेको वडाध्यक्ष शिवकुमार महतोले बताए ।

शुक्रबार सात मुस्लिम महिला र एक सरदार पुरुषलाई स`र्पले टोकेको भन्दै स`र्पदंश उपचार केन्द्र बर्दिबासमा भर्ना गराइ उपचार भइरहेको छ भने अन्य सात जनाको स्थानीयस्तरमा उपचार भइरहेको जनाइएको छ ।

नगरप्रमुख साहले बर्दिबास र स्थानीयस्तरमा उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस