कोरोना सङ्क्रमण रोक्न निषेधाज्ञा र लकडाउन

हेटौँडा, साउन ३२ गते । बाग्मती प्रदेशको राजधानी मकवानपुरसहित सबैजसो जिल्लामा पछिल्लो समय कोरोना भाइरस सङ्क्रमण बढ्दो छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै कोरोनाको जोखिम कम गर्न स्थानीय तह र प्रशासनले लकडाउन र निषेधाज्ञा जारी गरेका छन् ।
मकवानपुरको हेटौँडा उपमहानगर र मनहरी गाउँपालिकाअन्तर्गत पर्ने राजमार्ग क्षेत्र, भरतपुर नगरपालिका, धादिङको धादिङबेँसी र नुवाकोट जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । यस्तै दोलखा, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक जिल्लाका कतिपय स्थानीय तहले आवागमनमा कडाइ गरेसँगै कोरोना सङ्क्रमण फैलिन नदिन लकडाउन गरेका छन् । आइसोलेसन, क्वारेन्टाइन र पीसीआर परीक्षणको पहुँच विस्तारलगायतको पूर्वतयारी बिना निषेधाज्ञा र लकडाउन गरिएको भन्दै कतिपयले आपत्तिसमेत जनाएका छन् ।

निषेधाज्ञापछि सुनसान भरतपुर
भरतपुर समाचारदाताका अनुसार शुक्रबार मध्यरातिदेखि निषेधाज्ञा जारी गरिएको भरतपुर महानगरपालिकाको बजार क्षेत्र शनिबार बिहानदेखि नै सुनसान बनेको छ । अत्यावश्यक सामग्री खरिदका लागि बिहान र बेलुका ५ः०० देखि ८ः०० बजेसम्म पसल खोल्न दिइएका कारण शनिबार बिहानीपख सामान्य चहलपहल भए पनि दिउँसो सुनसान रह्यो ।
जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर महानगरपालिका क्षेत्रमा कोरोना सङ्क्रमणको बढ्दो क्रम नरोकिएपछि शुक्रबार अपराह्न निर्णय गरी महानगरका २९ वटै वडामा निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईद्वारा जारी गरिएको सूचनामा भदौ ५ गते राति १२ः०० बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञा जारी भएसँगै महानगर क्षेत्रमा पर्ने राजमार्गमा मालवाहक लामो दूरीका सवारीसाधन चलेका छन् । सुरक्षा निकाय, पत्रकारका सवारीसाधन, एम्बुलेन्स, दूध, दाना, चल्ला बोकेका गाडी मात्र सञ्चालनमा छन् । बजार क्षेत्रका सम्पूर्ण पसल बन्द भएका छन् । मानिसको आवतजावत फाट्टफुट्ट देखिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले राजमार्ग क्षेत्रको पुल्चोक, शहीद चोक, पोखरा बसपास, आँपटारी, लायन्स चोक, वीरेन्द्र क्याम्पस चोक, चौबिसकोठी, हाकिम चोक, केन्द्रीय बस टर्मिनललगायत महानगरको प्रवेश मार्गमा सुरक्षा जाँचमा कडाइ गरिएको छ । महानगरपालिका क्षेत्रमा बितेका चार दिनमा ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि निषेधाज्ञा जारी गरिएको हो ।

एक हप्ता बन्दाबन्दी घोषणा
दोलखा समाचारदाताका अनुसार जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय दोलखाले एक हप्ताका लागि जिल्ला बन्दाबन्दीको घोषणा गरेको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस