तिज मनाउन माइत हिडेकी महिलाको सर्पको डसाइबाट निधन

डोटी । वि-षालु सर्पको ड-साइबाट यहाँ ३० वर्षीया एक महिलाको निधन भएको छ । प्रहरीचौकी चवराचौतराका अनुसार बोगटान फुडसिल गाउँपालिका–७ चवराचौतारा बस्ने खिमादेवी धामीको सर्पले ड-सेर निधन भएको हो ।

कैलालीको घोडाघोडी नगरपालिका–१ बेलार स्थायी ठेगाना भएकी निज महिला तीजका लागि श्रीमान्सँगै माइती आएकी थिइन् ।

उनलाई दिउँसो माइती नजीकै सर्पले डसेको थियो । उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटामै निधन भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । गर्मी समयमा डोटीमा वर्षेनी वि-षालु सर्पको डसाइबाट मानिसको अकालमै ज्यान जाने गरेको छ ।

त्यस्तै महोत्तरीमा एउटै वडामा १६ जनालाई विषालु सर्पले टोकेपछि स्थानीयवासी त्रसित भएका छन् । महोत्तरीको भङ्गहा नगरपालिका–५ राजपुरमा पाँच घण्टाको अन्तरालमा १६ जनालाई सर्पले टोकेपछि स्थानीवासी त्रसित भएका हुन् । धानखेतमा काम गरिरहेका बेला बिहीबार ४५ वर्षीया जैमुन खातुनलाई वि-षालु सर्पले टोकेपछि उनको निधन भएको थियो ।

शुक्रबार साँझ ५ बजेदेखि राति १० बजेसम्म थप १५ जनालाई एउटै सर्पले टोकेको भन्दै अहिले सो गाउँभरि त्रास फैलिएको भङ्गहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले बताए । अहिले त्यहाँका स्थानीयवासी आ–आफ्नै घरमा सतर्क भएर बसिरहेका छन् भने घरबाट निस्कन छाडेको वडाध्यक्ष शिवकुमार महतोले बताए ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस