कृष्ण बहादुर बोहराको दिदीले आफुलाई समाल्नै सकिनन् रुदा-रुदै आँशु सुके (भिडियो सहित)

काठमाडौं । राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोंगबु नवज्योति मार्गमा रोल्पाका कृष्ण बहादुर बोहराको ह’त्यामा संलग्न रहेको आ’रोपमा प’क्राउ परेकी महिला कलाकार रहेको खुलेको छ ।

प्रहरीले मंगलबार पत्रकार सम्मेलनमार्फत कल्पना मुडभरी (पौडेल) लाई सार्वजनिक गरेको हो । ह”त्यापछि चितवन पुगेकी कल्पना कलाकार समेत रहेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कल्पनाले केही टेलिश्रृंखलामा अभिनय गरेकी छिन् ।

प्रहरीले घट’नामा संलग्न रहेको आशंकामा चितवनबाटै १० कक्षामा अध्ययनरत अर्का एकजनालाई पनि प’क्राउ गरेको बताएपनि उनको पहिचान खुलाएको छैन । प्रहरीका अनुसार मृ’तक बिगत ८ महिनादेखि होटलमा बस्दै आएका थिए भने कल्पनाबीच फेसबुकमार्फत चिनाजानी भएर निकटता बढेको थियो ह’त्यापछि उनी एम्बुलेन्समार्फत् चितवन पुगेकी थिइन् ।

कृष्णबहादुर विभिन्न देशमा रोजगारी गरेर फर्किएका थिए। कामको खोजीमा उनी टर्की, अफगानिस्तान र भारत पुगेका थिए। कृष्णबहादुरका दुई वटी श्रीमती थिए। तर, दुवैजनासँग सम्बन्ध बिग्रिएको थियो। उनकी जेठी श्रीमती दाङमा र कान्छी श्रीमती भारतमा बस्छिन् छोराछोरीसहित।

अर्कोतिर कल्पनाको पनि श्रीमानसँग सम्बन्ध राम्रो थिएन। उनका श्रीमान् विदेशमा छन्। कल्पना र कृष्णबहादुरको चार वर्षपहिले फेसबुक मार्फत चिनजान भएको थियो। र, त्यो चिनजान प्रेम सम्बन्धमै पुग्यो। एक वर्ष पहिले कल्पनाले जेठी छोरीको विवाह गरिन्। छोरीको विवाहमा पनि उनका श्रीमान आएनन्। खर्च पनि नपठाएको कल्पनाको बयान छ।

छोरीको विवाहका लागि कल्पनाले घरबेटीसँग दुई लाख रुपैयाँ ऋण लिएकी थिइन्। उनले त्यो ऋण अहिलेसम्म तिरेकी छैनन्। एक वर्षदेखि घरभाडा समेत दिएकी छैनन्।कल्पना पहिले टेलिशृंखला सरी ल र हर्के हवल्दारमा अभिनय गर्थिन्। पछिल्लो समय उनले अभिनय पनि छाडेकी थिइन्। केही समययता आफूले डिप्रेसनको दबाइ खानेगरेको बयान उनले दिएकी छन्।

हेरौ भिडियोमा

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस