डोनाल्ड ट्रम्पलाई पर्यो पारिवारिक शोक, ट्रम्पले भने ‘मेरो हृदय दुखेको छ’

काठमाडौ । राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पारिवारीक शोक परेको छ । उनका भाईको ७२ वर्षको उमेरमा निधन भएको छ । केही दिन अघि अस्पताल भर्ना भएका ट्रम्पका भाई रबर्ट ट्रम्पको निधन भएको छ । ह्वाइट हाउसले विज्ञप्ती जारी गरेर सो कुराको बारेमा जानकारी गराएको छ । शनिबार अबेर राती ह्वाइट आउसले एक विज्ञप्तिमा जारी गरेर यो कुरा पुष्टि गरेको छ।

राष्ट्रपतिले विज्ञप्तिमा भनेका छन, मेरो भाइ रबर्टको आज रात शान्तिपूर्वक निधन भएको खबरले मेरो हृदय दुखेको छ । “उ मेरो भाई मात्र थिएन, मेरो सबैभन्दा मिल्ने साथी पनि थियो । ऊ यसै हरायो, तर हामी फेरि भेट्नेछौं। ”

एनबीसी न्यूजका अनुसार उनी ७२ या ७१ वर्षका थिए भन्ने बारे विवादपूर्ण रिपोर्टहरू थिए। राष्ट्रपति शुक्रबार बिरामी भाइलाई न्यूयोर्क शहर गएका थिए ।

उनको मृ’त्युको कारण के हो भन्ने कुरा स्पष्ट छैन। कोरोनाको पनि शंका गरिएको छ । ह्वाइट हाउसले रोबर्ट ट्रम्पको बिराम र उनको अस्पताल भर्तीको मिति जानकारी दिएको छैन । उनी ट्रम्पका चार भाई-बहिनीहरू मध्ये एक थिए र भर्खरै उनीहरूको भान्जी मेरी ट्रम्पले किताब प्रकाशन खोज्दा रोक्न मु’द्दा दायर भएको थियो ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस