१ हप्ता न बित्दै गों’गबु मा अर्को ह’त्या : मृ’तक लक्ष्मणको प्रे’मिका प्रह’री चौ’कीमा ! पुष्पाले यसरि बनायो लक्ष्मणलाई मा’र्ने प्लान, आँखै अगाडी ह’त्या ( भिडियो सहित )

कृपया भिडियो हेर्नको लागि तल गयर हेर्नु होला हामीले तल राखेका छौ 

पिनासले सताएको छ ? घरमै यसरी गर्नुस् उपचार

पिनासका कारण धेरै मानिसहरु पीडित हुने गरेका छन् । पिनासका कारण निरन्तर जसो रुघा लागिरहने, टाउँको दुख्ने लगायतको समस्या धेरैले भोगिरहेका हुन्छन् ।
नेपाली समाजमा पिनासलाई ठिक पार्नका लागि फुकफाक गर्ने प्रचलन पनि रहेको हुन्छ । कतिपयले फुकफाकले पनि पिनास ठिक भएको विश्वास गर्ने गरेका छन् । तर यो नाकको स्वासमार्गसँग सम्बन्धित समस्या भएका कारण यसको बेलैमा उपचार गर्न आवश्यक हुन्छ ।

पिनास भनेको साइनसहरुको इन्फ्लामेसन हो । साइनस भनेको टाउको र अनुहारका हाडहरुमा हुने हावा भरिएका खाली भागहरु हुन् जो स(साना प्वालहरु ओस्टियम को माध्यमबाट नाकको श्वासमार्गसँग जोडिएका हुन्छन्।

किन हुन्छ पिनास ?

पिनास हुने कारण भनेको साइनसहरुको भित्री मार्गमा केही गरी रोकावट आउनु हावाको राम्रोसँग आवतजावत हुन नपाउनु र साइनसहरु भित्रका फोहोर बाहिर आउन नसक्नु हो। साइनसका मुखहरु बन्द हुनुमा एलर्जी र संक्रमण प्रमुख कारणहरु हुन्।

कहिलेकाहीँ नाकको भित्री भागमा मासु पलाउने, ट्युमर पलाउँदा पनि पिनास हुनसक्छ । पिनास एलर्जी र भाइरल वा व्याक्टेरियको संक्रमणका कारण हुन्छ ।

पिनासका लक्षणहरु

पिनास हुँदा नाकबाट गन्हाउने बाक्लो सिँगान बगिरहने समस्या हुन्छ । वा रुघा लागेको जस्तो भइरहने हुन्छ । जसका कारण नाक बन्द भइरहने समस्या पर्छ । जसले गर्दा स्वास प्रस्वासमा पनि समस्या पर्न जान्छ ।

त्यस्तै पिनासका कारण टाउको भारी हुने, दुख्ने, आखा हेर्न असहज हुने लगायतका समस्या पनि पर्न जान्छ ।

पिनासले गर्दा अघिल्लो भाग निधारमा दुखिरहने हुन्छ भने सुध्ने शक्तिमा पनि कमि आउँछ ।

त्यस्तै हल्का ज्वरो आउने र जीउ दुख्ने पनि हुन्छ ।

त्यस्तै पिनास हुँदा नाक, आँखा चिलाउने –हाँछ्यु आइरहने स्वास प्रस्वासमा एकदम समस्या हुने र रातिको समयमा सुत्दा नाक बन्द हुने समस्या सामान्य समस्या हुन् ।

यस्ता लक्षण देखिएका चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्छ ।

पिनास हुनबाट यसरी बच्नुस्

–पानी प्रशस्त मात्रामा पिउने ।

–नियमित रुपमा पानी वा नूनपानीले नाक सफा गर्ने बानी गर्नुपर्छ।

–धेरै सुख्खा हावापानीबाट बच्नुपर्छ।

–नाकको भित्री सतहमा हुने रौंहरुलाई खराब असर पु¥याउने धुलो(धुँवा प्रदुषण रसायनहरुबाट एलर्जी हुनसक्ने कुराहरुबाट बच्नुपर्छ।
चिसोबाट बच्ने ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस