पहिलो चरणकाे कोरोना खोप उत्पादन गरिसक्यौं, छिट्टै बजारमा आउँछ : रुस

रुसले पहिलो चरणअन्तर्गत कोरोना खोप उत्पादन गरिसकेको जनाएको छ ।

इन्टरफेक्स न्युज एजेन्सीका अनुसार रुसी स्वास्थ्य मन्त्रालयले पहिलो खेप खोप उत्पादन गरिसकेको जानकारी दिएको हो ।

रुसले अब यही महिना (अगस्ट) को अन्त्यसम्ममा कोरोना खोप बजारमा आइउसक्ने बताएकोे छ । यो नै विश्वमा कोरोनाविरुद्धको पहिलो खोप हुने दाबी उसले यसअघिदेखि नै गरिरहेको छ ।

तर रुसको स्वास्थ्य मन्त्रालयले खोपको तेस्रो चरणको परीक्षण हुनुअघि नै उत्पादनका लागि स्वीकृति दिएको हो । तेस्रो चरणको परीक्षणमा हजारौं मानिसलाई खोप लगाइनेछ भने यस चरणको परीक्षण नै उत्पादनका लागि अनुमति प्राप्त गर्ने सवालमा महत्वपूर्ण हुन्छ ।

तर रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उत्पादन सुरु गर्नुअघि नै आफ्नो देशले बनाएको कोरोनाविरुद्धको खोप पूरै सुरक्षित र प्रभावकारी रहेको तथा आफ्नी छोरीलाई समेत लगाउँदा उनलाई फाइदा पुर्याएको दाबी सार्वजनिक गरिसकेका छन् ।

रुसले खोपको नाम स्पुतनिक फाइभ राखेको छ । यो अन्तरीक्षमा पठाइएको विश्वको पहिलो उपग्रहको नाम हो । जुन रुसले नै बनाएको थियो ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस