कोरोना संक्रमण मुक्त भएर घर फर्केकको चार घण्टा नबित्दै मृत्यु

काठमाण्डौ – नेपालमा पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा १७२ सहित थप ६४१ मा कोभिड—१९ सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २४७ हजार जनामा गरेको पिसीआर परीक्षणबाट ६४१ नयाँ सङ्क्रमित देखिएका हुन् । हालसम्म पाँच लाख १७ हजार ९०७ को पिसीआर परीक्षण भएको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइयो । योसँगै आज देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजार २२१ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार आज उपत्यकामा देखिएका थप १७२ कोरोनाका सङ्क्रमितमध्ये काठमाडौँका १२६, लतिपुरका ३८ र भक्तपुरका आठ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १३४ जना कोरोना जितेर घर फर्किएका छन् । यससँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १७ हजार ३३५ पुगेको छ

थप दुईको मृत्यु

कोभिड–१९ बाट पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ । पर्सामा एक पुरुष र मोरङमा एक महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा डा गौतमले जानकारी दिनुभयो । अहिले होम आइसोलेशनमा रहेका बिरामीको सङ्ख्या ४९७ रहेको छ । आइसोलेशनमा रहेका सङ्क्रमितको सङ्ख्या आठ हजार ७२४ रहेको छ । वाग्मती प्रदेशका छ जना सङ्क्रमितलाई भेण्टिलेटरमा राखिएको छ । अहिले विश्व नै कोभिड–१९ महामारीको चपेटामा परेको छ । नेपालमा पनि महामारीको नराम्ररी असर परेको छ । पछिल्लो विवरणअनुसार विश्वमा दुई करोड १६ लाख १८ हजार २८९ कोरोनाका सङ्क्रमित देखिएका छन् ।

कोरोनाका कारण हालसम्म सात लाख ६९ हजार नौ जनाको मृत्यु भइसकेको छ । कोरोनाको उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या एक करोड ४३ लाख ३४ हजार ३३२ रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमण मुक्त भएर घर फर्केकको चार घण्टा नबित्दै मृत्यु

वीरगन्जमा कोरोना संक्रमण मुक्त भएर घर फर्केका पुरुषको चार घण्टा नबित्दै मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १३ का ५५ बर्षीय लाल बहादुर प्रसाद कलवार रहेका छन् ।

ति पुरुष नारायणी अस्पताल विषेश कोरोना अस्थायी वीरगन्ज हेल्थ केयरमा अस्पतालबाट शनिबार राति कोरोना मुक्त भएर डिस्चार्ज भएका थिए । डिस्चार्ज भएको समयमा नै झाडा पखाला र अक्सिजनको मात्रा पनि कम भएकोले उनलाई थप उपचारको लागि राम्रो अस्पतालमा भर्ना गर्न कोबिड अस्पतालका चिकित्सकले सल्लाह दिएका थिए ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस