घरमा आमाको मृ त्यु, छोरा बुहारी र नातीमा को रोना पोजेटिभ, सेनाले गर्यो श वको व्यवस्थापन

विराटनगर, ३२ साउन । विराटनगर महानगरपालिका वडा नं. ३ पृथ्वी चोककी ८७ बर्षीया बृद्धाको गए शनिबार राति आफ्नै घरमा मृ त्यु भएको छ । तर, उनको श व उठाउने छोरा मंगलबारदेखि को रोना सं क्रमण देखिएका कारण अइसोलेसनमा बसेका छन् ।

बद्धालाई पनि ज्वरो आउने भइरहेको थियो । छोरा आइसोलेसनमा गएपछि परिवारका सवैको पीसीआर टेष्ट गरेको हो । तर बुहारी र नातिको पोजेटिभ रिपोर्ट आयो भने मृ तक बुद्धाको नेगेटिभ रिपोट आयो ।

छोरा आइसोलेसनमा उपचाररत रहेकै अवस्थामा आमाको शनिबार राति ९ बजेतिर आफ्नै घरमा मृ त्यु भएको हो । आफुसंगै बसेकी बुहारीको रिपोट पोजेटिभ आएका कारण आफन्त नातागोता र छर छिमेकीहरु कोही पनि श व व्यवस्थापनमा जुटेनन् ।

विराटनगर महानगरपािलका, जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा थलाहा स्थित नेपाली सेनाले श व ब्यवस्थापन गरेको वडा नं. ३ का वाध्यक्ष विनोद वस्नेतले जानकारी दिनु भयो ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस