कालापानी वि’वादपछि नेपाललाई यस्तो सन्देश, पहिलोपटक बोले मोदी, ओलीलाई दिए धन्यवाद

काठमाडौं : प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोनमा वार्ता भएको छ । भारतको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा ओली र मोदीबीच फोनवार्ता भएको हो । सामाजिक सञ्जाल ट्वीटरमा ओलीले दिएको शुभ कामनाको रिप्लाइ दिँदै मोदीले लेखेका छन् ‘ धन्यवाद प्रधानमन्त्री केपी शर्मा ओली जी शुभकामना दिनु भएकोमा।’

भारतले अगष्ट १५ मा स्वतन्त्रता दिवस मनाउने गर्छ। यसै क्रममा शनिबार बिहान ७:१५ बजे मोदी भारतको लाल किल्लामा पुगेर भारतीय स्वतन्त्रता दिवसको सामान्य समारोहलाई सम्बोधन गरेका छन् । भारत सन् १९४७ को अगष्ट १५ मा बृटिश साम्राज्यबाट मुक्त भएको थियो । भारतमा शासन गरिरहेको बेलायती सरकार सन् १९४७ मा आजकै दिन भारत छोडेर भागेपछि भारत बेलायती साम्राज्यबाट मुक्त भएको थियो ।

सोही मुक्तिको स्मरणमा भारतीय नागरिकले स्वतन्त्रता दिवस मनाउने गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्रता दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना व्यक्त गरेका थिए । उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत एक स्टाटस लेख्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतिय जन तालाई ७४ औँ स्वतन्त्रता दिवसको शुभकामना दिएका हुन् । उनले स्टाटसमा भारत र भारतीय जनताको निरन्तर प्रगति र सम्मृद्धिको कामना गरेका थिए।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस