डाक्टर हुँ भन्दै बैंकमा काम गर्ने नेपाली युवतीलाई मायाजालमा फसाई ४८ लाख खाए यी विदेशीले, ‘डुबे’पछि बल्ल होस खुल्यो !

काठमाडौं । अहिलेको युगका मानिसका लागि सामाजिक सञ्जाल जिवनको परिपुरक बनिसकेको छ । एक छिन पनि सामाजिक सञ्जालवाट टाढा रहेर मानिस बन्स नसक्ने भइसकेको छ । सामाजिक सञ्जालवाट थुप्रै सूचना पाउन सकिन्छ । जानकारी लिन सकिन्छ । तर त्यही सामाजिक सञ्जालका कारण थुप्रै अपराधिक घटना पनि भएका छन् । सामाजिक सञ्जलको प्रयोग गरेर नेपाली युवतीलाई ठगी गर्ने एक विदेशी नागरिक काठमाडौमा पक्राउ परेका छन् । आफुलाई लण्डनको चिकित्सक बताउँदै सिन्धुलीमा एक बैंकमा कार्यरत युवतीलाई उनले झण्डै ४५ लाख ठगी गरेको अभियोगमा पक्राउ परेका छन् । उनको युवतीलाई आफ्नो नाम मार्क आरोन बताउने गरेका थिए । सामाजिक सन्जाल इन्स्टाग्राममार्फत उनीहरुको चिनजान भएको थियो ।

आरोनले आफू लण्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर हुँ भनेपछि ती युवतीसंग सम्बन्ध बढ्दै गएको थियो । उनीहरुको सम्बन्ध यहाँ सम्म पुग्यो की उनले ति युवतीलाई नेपाल आएर विवाह गर्ने सम्मको प्रस्ताव राखे । युवकले त्यती भनेपछि युवती विश्वस्त भइन् । उनीहरुबीच दिनहुँ कुरा हुन थाल्यो । उनले युवतीसंग विवाह गर्ने भन्दै युवतीका नाममा लण्डनवाट औँठी, घडी, सुनको सिक्री र २ लाख ३० हजार पाउण्ड पैसा पठाइदिएको बताए ।

केही दिन पछि उनलाई इन्डियावाट भन्दै एक जनाले फोन गरेर लण्डनवाट तपाईको सामान भारत आइपुगेको छ । तर सामान निकै महंगो भएकाले त्यसको कर तिर्नुपर्ने भन्दै पैसा पठाउन भने । झण्डै तीन करोडको सामान आउन लागेको भनेर फुरुगं परेकी युवतीले पटक पटक गरेर पैसा पठाइन् । एक पटक पैसा पठाए.िपछि फेरी अर्को बहाना गरेर पैसा माग्ने गरेका कारण उनले झण्डै ४८ लाख भन्द बढी रुपैया पठाइन् । तर पनि सामान आएन । फेरी फोन गरेर अन्तिम पटक २० लाख रुपैया पठाउनु भनेपछि युवतीलाई शंका भएर प्रहरीको सहयोग लिन पुगेकी थिइन् । आर्नोल्डप्रति ती युवती विश्वस्त थिइन्। शंका नगरी भनेजति पैसा पठाइन्। ४८ लाख ५४ हजार चार सय २० रुपैयाँ पठाइसकेकी थिइन्।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस