दुवै मृ’गौला फेल भएर उपचाररत नेपाली युवाको इराकमा मृ’त्यु पुरा पढ्नुहोस…

कुर्दिस्तान। इराकको कुर्दिस्तानमा एक नेपाली युवाको मृ,त्यु भएको छ । वैदेशिक रोजगारीको लागि ३ वर्ष अघि आएका मकवानपुरका ३६ वर्षीय दीपक कुमार लामाको आइतबार उपचारको क्रममा अस्पतालमा नि’धन भएको हो । लामाको विगत ६ महिनादेखि दुवै मृ’गौला फे’ल भएका थिए। डाइलोसिस गर्दै गर्दा गम्भीर अवस्थामा पुगेपछि उनलाई सकारी अस्पतालमा रिफर गरिएको थियो ।

सरकारी अस्पातल पुर्‍याइएको केही दिनमै उनलाई अस्पतालले मृ,त घोषणा गरेको हो। लकडाउनको बेलामा बिरामी परेपछि उनी नेपाल फर्किन सकेका थिएनन् । उनको सुरुदेखि निजी अस्पतालमा उपचार भइरहेको थियो । पछि आर्थिक अभाव भएपछि त्यहाँबाट सरकारी अस्पतालमा रिफर गरिएको थियो । बीचमा सामान्य जीवनयापन गरिरहेका लामालाई एक्कासी आकस्मिक उपचारको लागि आइसीयूमा भर्ना गरिएको थियो ।

अन्तत: उनले आइतबार आइसीयू कक्षमै मृ,त्युवरण गरे । लामाको उपचारको सहयोगका लागि नेपाल मगर संघ शाखा कुर्दिस्तान र डिसी नेपालका प्रतिनिधि समेत रहेका बिनोद श्रेष्ठले आर्थिक अभियान चलाएका थिए । अभियानमा कुर्दिस्तानमा रहेका नेपालीहरुले हातेमालो गरेका थिए।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस