धनुषामा थप एक जना कोरोना संक्रमितको मृत्यु

जनकपुरधाम, १ भदौ । धनुषामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर-४ का ५० वर्षीय पुरुष रहेका छन्।

धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. ४ का ५० वर्षीय पुरुषको कोरोनाको कारण मृत्यु भएको कोभिड-१९ विशेष अस्पतालका प्रमुख जामुन सिंहले न्यूज २४ लाई जानकारी दिनुभयो ।

सिंहका अनुसार मृतक पुरुष बिरामी परेको बेला गत साउन २६ गते स्वाव संकलन गरी परीक्षणका लागि पठाइएको थियो । स्वास प्रश्वासको समस्या भएपछि उनलाई अस्पतालमा ल्याईएको थियो ।

बिरामी सिकिस्त भएपछि साउन ३१ गते अस्पताल भर्ना गरेर उपचार सुरु भएको सोही दिन रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको थियो ।

जटिल किसिमको निमोनियाबाट ग्रसित ती पुरुषलाई ३१ साउनकै राति श्वासप्रश्वासमा समस्या भएपछि आईसीयूमा भर्ना गरि उपचार गरिएको थियो । उनको सोमबारउपचारको क्रममा मृत्यु भएको हो ।

यो सँगै धनुषामा कोराना संक्रमति भएर मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस