ज्वरो आएर अस्पताल पुगेकी युवतीमा कोरोना भाइरस संक्रमण

बागलुङ, १ भदौ । ज्वरो तथा रुघाखोकी देखिएर धौलागिरि अस्पताल भर्ना भएकी एक युवतीमा कोरोना भाइरस संक्रमण भेटिएको छ । बागलुङ नगरपालिका वडा नम्बर ३ की २३ वर्षीया महिलामा संक्रमण भेटिएको धौलागिरि अस्पताल बागलुङले जनाएको छ ।

साउन ३० गते कोरोना भाइरसको लक्षण देखिएपछि अस्पताल आएकी उनलाई कोरोनाको आशंकामा आइशोलेसनमा भर्ना गरिएको थियो । कोरोना आशंकामा स्वाब परीक्षण गर्दा सोमबार रिपोर्ट पोजेटिभ आएको अस्पतालका सुचना अधिकारी तीर्थराज गौतमले बताउनुभयो ।

गौतमका अनुसार बागलुङ नगरपालिकाले कन्ट्याक्ट ट्रेसिङको काम गरिरहेको छ । संक्रमित महिला कतै कुनै पनि यात्रामा नगएको हुनाले कहाँबाट कोरोना सर्यो भन्ने बारेमा एकिन हुन सकेको छैन । समुदाय भित्र नै कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अहिले स्थानीयस्तरमा त्रास बढ्दै गएको छ । स्थानीयबासीहरुले तीब्र रुपमा पिसिआर परिक्षण गर्न माग गरेका छन् ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस