श्रीमान पोर्चुगलमा यता नेपालमा अदालतमा काम गर्ने श्रीमती छोरा सहित बेपत्ता, जंगलमा स्कुटर, नारायणी तिरमा बच्चाको चप्पल फेला पर्यो (भिडियो हेर्नुस्)

काठमाडौ । नवलपुरवाट शारदा लामिछाने र उनको ८ वर्षका छोरा प्रनेश लामिछाने हराएको भन्दै अहिले प्रहरी र परिवार खोजीमा जुटेको छ । उनी केही दिन अघि आफ्नो छोरालाई नारायणी नदि देखाउने भन्दै लिएर हिडेको केही आफन्तहरुले देखेका थिए । शनिवारको दिन शारदा र उनको छोरा हराएका हुन् । तर आइतवारको समयमा शारदा कावासोती २ मा हाइवे भन्दा झण्डै डेढ किलोमिटर उत्तर तर्फ डेरा खोज्दै पुगेको एउटा संकेत फेला परेको छ ।

उनी एक जना महिला डेरा खोज्दै आएको भन्दै एक जना युवकले बताएका छन् । राजु न्यौपाने भाडामा बसेकै घरमा शारदा कोठा खोज्न आएको भन्दै भनेपछि अहिले उनी जिवितै रहेको भन्दै खोजि थालिएको छ । कोठा खोज्न आउने महिलाले भने बच्चा नबोकेको ति युवकले बताएका छन् । माक्स लगाएको अवस्थामा देखेको बताएका ति युवाले अहिले हराएको भनेर सार्वजनिक भएको तस्बिरसंग ९० प्रतिशत मेल खाने महिला देखेको बताएका थिए ।

श्रीमान काठमाडौ काम गर्ने र परिवारका साथमा बस्दा खर्च धान्न नसकेका कारण आफु कावासोतीमा कोठा खोजेको भन्दै पुगेको ति युवाले बताएका छन् । युवाले आफु घरभेटी नभएको र साँझ आउनु भनेर भन्दा उनले मलाइ त तुरुन्तै चाहिएको छ भन्दै हिडेकी थिइन् । उनले ति युवासंग बाबु र म बस्ने हो भन्दै कोठा खोजेकी थिइन् ।

देवि लामिछाने (वुटवल) की महिला जसले भविष्यवाणी गर्ने दावी गर्छिन । उनले शारदा दाइने चन्द्रमामा निस्किएको, राम्रो समयमा घरवाट बाहिर निस्केको, कालराहु पुर्व भएको र शारदा उत्तर पश्चिम गएको भन्दै शारदा जिवित रहेको र उनलाई केही नभएको देवि लामिछानेले दावी गरेकी छन् ।

शारदाको अमाजुले पनि घरवाट निस्कदा पिंक रंगको कपडा लगाएको बताएकी छन् । कावासोतीमा शारदा जस्तै देखेको बताएका युवाले पनि पिंक रंगकै कपडा लगाएको आफुले देखेको बताएका छन् । शारदाका श्रीमान पोर्चुगलमा छन् । यता शारदा हराएको धेरै दिन भइसक्यो । नारायणी नदि किनारमा उनीहरु गएको र नदि किनारमा एक जोर चप्पल फेला परेपछि शंका उत्पन्न भएर उनको खोजि गरिएको हो ।

शारदाका बुवा आमाले ज्वाईका कारणले नै शारदाले घर छोडेको बताएका छन् । उनलाई पोर्चुगलमा रहेका ज्वाईले शारदालाई मोवाइलमा निकै तनाव दिने गरेको शारदाको बुवाले बताएका छन् । श्रीमानले पोर्चुगलवाट पठाएका म्यासेज पनि अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् ।

स्कुटर जंगलको छेउमा फेला परेको र बच्चाको चप्पल नारायणी नदिमा फेला परेपछि शारदाको माइती निकै दुखी भएका छन् । उनी माइत जान भनेर घरवाट हिडेको तर माइत पनि पुगिनन् । अहिले उनको खोजि भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस