२ छोरी र श्रीमतीलाई छाडेर मलेसिया गएका महराकाे अचानक मृत्यु, परिवार पीडामा

रोल्पा – रोल्पा नगरपालिका वडा नं २ का यमबहादुर महरा वैदेशिक रोजगारीमा गएको केही महिनामै निधन भयो । बीस वर्र्षको कलिलो उमेरमा तीन र एक वर्षका दुई छोरी र श्रीमतीलाई छाडेर रोजगारीका लागि मलेसिया गएका महराको विदेशमा अचानक निधन भयो । घरको आर्थिक अवस्था कमजोर भएका कारण ऋण काढेर मलेसिया पुगेका महराको तीन महिनामा रातो बाकसमा शव नेपाल आयो । कलिला दुई छोरीको लालनपालन र विदेश जाँदाको ऋण तिर्न गाह्रो भएको पीडा श्रीेमती भावना वली व्यक्त गर्नुहुन्छ । सदरमुकाम लिवाङमा दुई छोरीलाई लिएर सँंगै बस्दैआउनुभएका भावनाले भन्नुभयो, “ सिलाइकटाइ गर्दै बच्चाहरु पालनपोषण गरेकी छु, बच्चाहरु ठूला हँुदै छन्, पढाइ खर्च पु¥याउनै गाह्रो छ ।”

साउदीको एक कम्पनीमा काम गर्दागर्दै विद्युतीय करेन्टमा परेर रोल्पा परिवर्तन गाउँपालिका –१ कुरेलीका २३ वर्षीय रामचन्द्र पुनको पनि गत असारमा मृतयु भयो । पुन काठमाडौ स्थित वाइड होराइजन ओभरसिज म्यानपावरबाट साउदी अरबको रियाद स्थित साउदी कार्पेट कम्पनिमा गएका थिए ।

उनि साउदी पुगेको ३१ महिना भएको थियो । गत जुन १६ तारिखका दिन कम्पनीको नियमित ड्युटीकै क्रममा मेसिन सफा गर्दा एक्कासि बिधुतिय लाइन स’र्ट भएर आगो लाग्दा उनि आ’गोमा ज’लेका थिए । पुनलाई अस्पतालले आइसियुमा राखेर उपचार गरेको थियो तर आ’गोले अधिक ज’लेको कारण उपचार असफल भएको हो । उनि परिवारको सबै भन्दा जेठो सन्तान थिए । घरको सबै आर्थिक भार उनको काँधमा थियो । अविवाहित रामचन्द्र पुनको परिवारमा बाबा वीर बहादुर पुन, आमा सम्जिता पुन र भाइ भुपेन्दर पुन, बहिनी मीना पुन हुनुहुन्छ ।

२३ बर्षिय रामचन्द्र पुन मगर
विदेश जाने युवाको सङ्ख्या घट्दै गए पनि निधन हुनेको सङ्ख्या भने घट्न सकेको छैन । महरा र पुन त रोल्पाका प्रतिनिधि पात्र मात्रै हुन् । स्वेदशमा रोजगारीको सम्भावना नभएपछि विदेश जान बाध्य युवा हरेक वर्ष रातो बाकसमा फर्कने गरेका छन् । आर्थिक वर्ष २०७५÷०७६ सम्म वैदेशिक रोजगारीका सिलसिलमा २९ जनाले खाडी मुलकमा ज्यान गुमाएका थिए । यसैगरी आव २०७६÷०७७ मा खाडी गएका पाँच जनाको निधन भएको जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस