पोखरामा थप एक जनाको कोरोना संक्रमणबाट मृ,त्यु

काठमाडौं । पोखरामा कोरोनाभाइरसको सं,क्रमणबाट थप एक जनाको मृ,त्यु भएको छ । मृ,त्यु हुनेमा पोखरा महानगरपालिका–१६ का ८७ वर्षीय पुरुष रहेको जनाइएको छ । सोमवार राति मृ,त्यु भएका उनको मंगलबार बिहान कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

मधुमेह, मिर्गौलाका बिरामी रहेका पुरुषको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृ,त्यु भएको हो । यसअघि आज नै कास्कीको सेवा अस्पतालमा कोरोना संक्रमणबाट तनहुँकी ५० वर्षीया महिलाको मृ,त्यु भएको थियो ।

यस्तै कास्कीमा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको भन्दै महामा,री नियन्त्रण गर्न आज राति १२ बजेदेखि भदौ ७ गतेसम्म निषेधाज्ञा लागू गरिएको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस