डरलाग्दो भयो कोरोना, मंगलवार मात्र कोरोनावाट गइसक्यो ५ जनाको ज्यान

काठमाडौ । कोरोनावाट मंगलवार ५ जनाको निधन भएको पुष्टि भइसकेको छ । दिउसो १२ वजे सम्म आएको सूचना अनुसार ५ जनाको निधन पुष्टि भइसकेको छ । कोरोना बाट गण्डकी प्रदेशमा थप दुई जनाको निधनसंगै मंगलवार निधन पुष्टि हुने ५ पुगेको हो । निधन हुनेमा तनहुँकी ५० वर्षीय महिला र पोखराका ८७ वर्षीष पुरुष रहेका छन्। कोरोनाबाट पोखरा महानगरपालिका १६ निवासी ८७ वर्षीय पुरुषको मंगलबार बिहान १० बजेर ४० मिनेट जाँदा निधन भएको अस्पतालले जनाएको छ ।

उच्च ज्वरो र स्वास्प्रस्वासमा समस्या आएपछि उनी साउन ३२ गते उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना भएका थिए। उनको कोरोनाकै कारण निधन भएको अस्पतालका निर्देशक सह। प्राडा। अर्जुन आचार्यले पुष्टि गरेका छन् ।

त्यस्तै हेपाटाइटिस, निमोनिया, सुगर, प्रेसर, मुटुको समस्याबाट पीडित तनहुँको व्यास नगरपालिका–१ की ५० वर्षीया महिलाको सोमबार राति ११ बजेर ३५ मिनेट जाँदा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा। विनोदविन्दु शर्माले जनाकारी दिए। उनी पोखरा महानगरपालिकामा रहेको कास्की सेवा अस्पतालमा उपचाररत थिइन।

नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको कोरोनाका कारण निधन भएको छ । पाटन अस्पतालमा उपचार भइरहेका उनको मंगलवार विहान निधन भएको हो । अस्पतालले उनको निधन कोरोनाका कारण भएको पुष्टि गरेको छ । नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय गिरी पाटन अस्पताल ललितपुरमा मंगलवार बिहान ६ बजे निधन भएको अस्पतालले जनाएको छ ।

धुलीखेल अस्पतालमा पनि एक जना वृद्धको निधन भएको छ । धुलिखेल अस्पतालमा उपचारको क्रममा धुलिखेल नगरपालिका वडा नं ७ घर भएका ९८ वर्षीय वृद्धको गएराति निधन भएको हो । जिल्ला कमाण्ड पोष्टका सचिव डा।नरेन्द्र कुमार झाले निधनको पुष्टि गरेका छन् ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिमा कोरोनाका कारण थप एक जनाको निधन भएको छ । नेपालगन्ज ५ का ६२ वर्षीय पुरुषको कोरोनाबाट निधन भएको हो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले कारोनावाट बाँकेमा थप एक जनाको निधन भएको पुष्टि गरेका हुन् । उनी साउन ३२ गते अस्पताल भर्ना हुन आएका थिए । उपचारका क्रममा सोमबार राति ११ः४० बजे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उनको निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस