बाँकेमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ पुग्यो

बाँके, २ भदौ । बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । सोमबार ६२ वर्षीय एक पुरुषको मृत्यु भएपछि मृतकको संख्या ४ पुगेको हो । सोमबार कोरोना संक्रमणका कारण ज्यान गुमाएका बाँकेका ६२ वर्षीय पुरुषको अन्तिम संस्कार गरिएको छ ।

उपचारको क्रममा कोरोना संक्रमणबाट मृत्यु भएका ६२ वर्षीय पुरुषका मंगलबार नेपालगन्ज उपमहानगरपालिकास्थित कब्रस्तानमा मुस्लिम धर्म अनुसार अन्तिम संस्कार गरिएको हो ।

मंगलबार दिउँसो बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङको नेतृत्वको टोलीमा नेपाली सेना लगायतको उपस्थितिमा नेपालगन्जको कब्रस्तानमा (नमाज) पढेपछि सेनाको सलामी दिएर अन्तिम संस्कार गरिएको थियो ।

मृतक पुरुष जडिबुटी व्यवसायी हुन् । अन्तिम संस्कार धर्म अनुसार गर्न दिएकोमा कब्रस्तानका अध्यक्ष तथा जडिबुटी व्यवसायी संघका अध्यक्ष, प्रदेश–५ का सभासद मोहम्मद याकुब अन्सारीले प्रजिअ कुरुम्वाङ, प्रमुख सेनानी नहकुल थापा, नेपाल प्रहरीका प्रमुख लगायतको टोलीलाई धन्यवाद दिए ।

 

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस