राष्ट्रकवि माधवप्रसाद घिमिरेको नि’धन

२ भदौ, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा नि’धन भएको छ ।

मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा घरमै नि’धन भएको पारिपारिक श्रोेतले जनाएको छ । उनको जन्म विं सं. १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो ।

घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन् । उनले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख-प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरूमा सिर्जना दिँदै आइरहेका छन् ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस