पैसा निकाल्न एटिएम जाँदै हुनुहुन्छ ? अनिवार्य प्रयोग गर्नुहोस् सेनिटाइजर

काठमाडौं । नेपालमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १ हजार १६ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ ।

यस्तै मंगलबार मन्त्रालयका प्रवक्ता डा प्रा जागेश्वर गौतमले पैसा निकाल्नका लागि एटिएम जाँदा कोरोनाको जोखिम हुन सक्ने बताएका छन् ।

उनले एटिएममा जाँदा र पैसा झिक्दा अनिवार्य सेनिटाइजरको प्रयोग गर्नुपर्ने बताएका छन् । त्यस्तै एटीएमको प्रयोग एकैदिन धेरैले प्रयोग गर्ने हुनाले एटीएममा सेनिटाइजर राख्नुपर्ने बताए ।

बैंकहरुले एटीएम बुथमा सेनिटाइजर राख्ने नगरेको बताउदै उनले एटिएम सेवा दिँदै आएका बैँकहरुलाई अनिवार्य रुपमा सेनिटाइजरको ब्यबस्था गर्न निर्देशन दिएको बताए ।

नेपालमा आज १ हजार १६ जना कोरोना संक्रमित थपिएसँग संक्रमितको संख्या २८,२५७ पुगेको छ । पछिल्लो २४ घण्टामा ८५ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या १७,५८० पुगेको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस