नियन्त्रण बाहिर पुग्यो कोरोना: एकै दिन १ हजार भन्दा बढी संक्रमित, काठमाडौमा पनि बनायो रेकर्ड

काठमाडौ । नेपालमा अब कोरोना नियन्त्रण बाहिर पुग्न लागेको छ । एकै दिन अहिले सम्मकै धेरै एक हजार भन्दा बढी संक्रमित थपिएका छन् । नेपालमा पछिल्लो २४ घण्टामा थप १०१६ जनामा कोरोना भाइरसको पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर गरेर थप १०१६ जनामा कोरोना पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ।

प्रवक्ता गौतमका अनुसार आज १३ हजार ४६१ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। त्यस्तै पछिल्लो २४ घण्टामा थप ८५ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। यसँगै नेपालमा कोरोना निको हुनेको संख्या १७ हजार ५८० पुगेको छ।

काठमाडौँ उपत्यकमा पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना भाइरस पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकामा २०५ जना संक्रमित थपिएको बताए। प्रवक्ता गौतमका अनुसार काठमाडौँमा १३८, भक्तपुरमा ५० र ललितपुरमा १७ संक्रमित थपिएका हुन्।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस