काठमाण्डौ उपत्यकामा भोलिदेखि १० गते रातिसम्म निषेधाज्ञा

काठमाण्डाै – काठमाण्डौ उपत्यकाका तीन वटा जिल्लामा बुधबार रातिदेखि निषेधाज्ञा लागू हुने भएको छ ।

तीन वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीको बैठकले भोलि मध्य रातदेखि भदौ १० गते मध्य रातिसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोख्रेलले उज्यालोलाई जानकारी दिनुभयो ।

निषेधाज्ञा लागू भएपछि अत्यावश्यक बाहेक घरबाहिर निस्कन पाइने छैन । उपत्यकामा कोरोना सङ्क्रमित बढेसँगै निषेधाज्ञा सुरु हुने भएको हो ।  

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस