हार्दिक श्रद्धाञ्जली कविवर !

काठमाडौं। राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज निधन भएको छ। १०२ वर्षको उमेरमा उनको निधन भएको हो। अहिले आफन्तजन, शुभेच्छुकहरू घिमिरेलाई श्रद्धाञ्जली दिन उनको घर पुगेका छन्। त्यहाँ पुगेका शुभेच्छुकहरूले शोकसन्तप्त परिवारजनमा समवेदनासमेत व्यक्त गरे।

त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको दुःखद् निधनको खबरले आफू स्तब्ध भएको बताउँदै श्रद्धाञ्जलि एवं शोकविह्वल परिवारमा समवेदना व्यक्त गरेकी छन् ।मंगलबार साँझ ट्वीट गर्दै राष्ट्रपतिले काव्य र कविताका माध्यमबाट राष्ट्र¸ राष्ट्रियता र नेपाली साहित्यको श्रीवृद्धिमा राष्ट्रकविले पुर्याउनुभएको योगदानलाई सधैँ सम्झिरहने बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस