अस्पताल भर्ना हुनुअघि सञ्जय दत्तले भने- ‘मेरो लागि प्रार्थना गरिदिनुहोस्’

नयाँदिल्ली, ०३ भदौ । फोक्सोको क्यान्सर भएपछि उपचार गराइरहेका बलिउड नायक सञ्जय दत्तले आफ्नो लागि प्रार्थना गरिदिन आग्रह गरेका छन् । उनी उपचारका लागि तत्का अमेरिका जाने बताइएपनि अहिले भारतमै उपचार गर्ने निर्णयमा पुगेका छन् ।

उनी उपचारार्थ मुम्बईको अंधेरीस्थित कोकिलाबेन अस्पतालमा भर्ना भइसकेका छन् । श्रीमतिसहित अस्पताल हिडेका सञ्जयलाई भेट्न मंगलबार बेलुका बहिनी नम्रता दत्त, प्रिया दत्त, प्रिया दत्तका श्रीमान् ओवनले भेटेका थिए । भेटका क्रममा सबैले आफ्नो लागि प्रार्थना गरिदिन माग आग्रह गरेका थिए ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस