राष्ट्रिय झन्डा जलाइएको म्युजिक भिडियोका गायक पक्राउ

काठमाडौं । राष्ट्रिय झन्डा जलाइएको भिडियो समावेश गीतका गायकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गीतका गायक ग्लालेन दोर्जे तामाङलाई काठमाडौंको कीर्तिपुरबाट पक्राउ गरेको हो ।

यसअघि प्रहरीले उक्त भिडियो प्रकरणमा ५ जनालाई पक्राउ गरिसकेको थियो । राष्ट्रिय भन्डा जलाइएको उक्त भिडियोको निर्माण, निर्देशन, गायन र छायांकन समेतमा गरी करिब १२ जनाको संलग्नता रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

गीतका गायकसहित ६ जना पक्राउ परिसकेको अवस्थमा प्रहरीले अन्य ६ जनाको खोजी भइरहेको जनाएको छ ।
‘मंगोल हप अफिसियल’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘देशद्रोही’ शीर्षकको गीतमा राष्ट्रिय झन्डा जलाइएको दृश्य समावेश गरिएपछि सामाजिक सञ्जालमा त्यसको चर्को विरोध भइरहेको छ ।

अगस्ट १७ तारिख (भदौ १ गते) युट्युवमा सार्वजनिक गरिएको उक्त साम्प्रदायिक हिंसा भड्काउने शब्दहरु समावेश गरिएका भन्दै विरोध भइरहेको छ ।
गीतमा राष्ट्रिय झन्डा र नेपाली राष्ट्रियताको सन्दर्भमा समेत ‘अपमानजनक’ शब्दहरु प्रयोग गरिएको छ ।

‘ढालजस्तो ढाका टोपी, ब्राजस्तो हिन्दु झन्डा बोकी, आयाति बिक्रम सम्वत्, राजस्थानको दाउरा सुरुवाल, खस भाषा खस लिपि लाद्ने शरणार्थी बाहुन क्षेत्री पनि तै हो ?’ गीतमा राष्ट्रिय झन्डाको अपमान गर्दै भनिएको छ ।

साढे ४ मिनेको उक्त म्युजिक भिडियोमा राष्ट्रिय झन्डासँगै प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष प्रचण्ड, प्रथम जननिर्वाचित बीपी कोइराला, पूर्व राजा ज्ञानेन्द्र शाह लगायतको तस्वीरमा आगो लगाइएको दृश्य समेत समेटिएको छ ।
गीतमा साम्प्रदायिक हिंसा भड्काउने खालका शब्दहरु समावेश गर्दै भनिएको छ,
शरणार्थी हिन्दु आर्य बाहुन क्षेत्रीतेरै हो दोष आजैदेखि सोचमंगोल राष्ट्रवादको बाटो रोज्होइन भने बुझिराख्तेरो देश न भारत न त नेपालभोलि तेरो सन्ततिको होलास नि बेहाल
मूलबासी मंगोललाई छिटो माफी मागीहाल्नत्र भने आफ्नो बाटो लागिहाल्देशद्रोही शरणार्थी हिन्दु आर्य बाहुन क्षेत्री
खेद्न नपरोस् बरु भागिहाल्

के छ कानूनी व्यवस्था ?
मुलुकी अपराध संहिताले राष्ट्रिय गान, झण्डा वा निशान छापको अपमान वा क्षति गर्ने कार्यलाई दण्डनीय अपराध मानेको छ ।

संहिताको दफा १५१ मा राष्ट्रि गान, झण्डा वा निशान छापको अपमान वा क्षति गर्न नहुने व्यवस्था गरिएको छ । यस्तो कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था संहितामा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस