वीरगंजमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, पर्सामा मृतकको संख्या २३ पुग्यो

वीरगंज, ३ भदौ । कोरोना संक्रमणबाट वीरगंजमा थप दुई जना वृद्धको मृत्यु भएको छ । वीरगंज महानगरपालिका वडा नं ४ निवासी ८४ वर्षीय र वडा नं १५ भिस्वा निवासी ५८ वर्षीय पुरुषको मृत्यु भएको नारायणी अस्थायी कोभिड अस्पतालका इन्चार्ज डा. उदयनारायण सिंहले जानकारी दिनुभयाे ।

गत साउन २७ देखि नारायणी अस्थायी कोरोना अस्पतालमा उपचार गराइरहेका बिर्ताका ८४ वर्षीय पुरुषको मंगलबार राति साढे १० बजेको समयमा मृत्यु भएको डा. सिंहले जानकारी दिनुभयाे ।

यसैगरि अर्का वीरगंज – १५ भिस्वा घर भई नेपाल नेपाल टेलिकम वीरगंजमा कार्यरत ५८ वर्षीय कर्मचारीको मंगलबार दिउसो नै मृत्यु भएको अस्पतालले जनाएको छ । एक सातादेखि ज्वरो, सुक्खा खोकी र निमोनियाबाट पीडित वृद्धको अचानक अवस्था बिग्रिन थालेपछि नारायणी अस्पतालमा भर्ना गरी उपचार गरिरहेको अवस्थामा मंगलवार दिउँसो २ बजे मृत्यु भएको हो ।

उनको स्वाब परीक्षण गर्दा जेन एक्सपर्ट परीक्षणमा राति ८ बजे उनको रिपोर्ट पोजिटिभ आएको हो । मृतक वृद्ध एक सातादेखि घरमै औषधि उपचार गराउदै आएका थिए ।

कोरोना संक्रमणबाट वीरगन्जको नारायणी अस्थायी कोभिड अस्पतालमा हालसम्म २९ जनाको मृत्य भइसकेको छ भने संक्रमण पुष्टि हुनेको संख्या १५ सय नाघेको छ ।

मृत्यु हुनेमा पर्सा जिल्लाको मात्रै २३ जना, बाराका ४ जना तथा रौतहटका २ जना रहेका छन् । पर्सामा पछिल्लो समय कोरोना संक्रमण पुष्टि हुनेका साथै मृत्यु हुनेहरुको संख्यामा पनि वृद्धि भएको छ

प्रतिक्रिया दिनुहोस