चिनिया कम्पनीको कोरोना भ्याक्सिन यसै वर्षको अन्त्यसम्ममा बजारमा आउने

काठमाडौं, ०३ भदौ । चीनको एक फार्मा कम्पनी ‘सिनोफार्म’ले यस वर्षको अन्त्यसम्ममा कोरोना भाइरसको भ्याक्सिन बनाइसक्ने घोषणा गरेको छ ।

सिनोफार्मको चेयरम्यान लिउ जिंगझेनले मिडियासँग भनेका छन, ‘भ्याक्सिनको तेस्रो चरणको ट्रायल संयुक्त अरब अमिरात (यूएई)मा भइरहेको छ । आगामी डिसेम्बरसम्म बजारमा आउछ भन्ने आशा छ ।’

लिउ जिंगझेन आफैले पनि उक्त भ्याक्सिनको दुई डोज लिएका जनाएका छन् । उनले ग्लोबल टाइम्सलाई बताउँदै हालसम्म उक्त भ्याक्सिनको कुनै पनि ‘साइड इफेक्ट’ महसुस नभएको जनाएका छन् ।

चीनको बेइजिङ र वुहान शहरमा वार्षिक १०.२ करोडसम्म भ्याक्सिन उत्पादन हुनसक्ने र उक्त भ्याक्सिनको दुई डोजको मूल्य १००० यूआन पर्ने बताइएको छ ।

चीनमा उक्त भ्याक्सिनको मूल्यलाई लिएर सबैले चिन्ता व्यक्त गरिरहेका बताइएको छ । चिनिया सोसल मिडिया साइट सीना वीबोमा सबैले उक्त भ्याक्सिनको मूल्य साबित हुने भन्दै आ–आफ्नो विचार व्यक्त गरिरहेका छन् ।

हाल विश्वमै करिब २०० कोरोना भ्याक्सिनको ट्रायल चलिरहेको बताइएको छ । जसमध्ये २० भन्दा बढी भ्याक्सिन ह्युमन ट्रायलका लागि तयारी अवस्थामा रहेको बताइएको छ । (एजेन्सीको सहयोगमा)

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस