उपत्यकामा थप १ सय ५९ जनामा संक्रमण,काठमाडौंमा मात्र १ सय ३४ थपिए

काठमाडौं, ३ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ५९ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ५९ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र ४५ महिला र ८९ पुरुष गरी १ सय ३४ संक्रमित थपिएका छन् भने ललितपुरमा ७ महिला र १० पुरुष गरी १७ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा २ महिला र ६ पुरुष गरी ८ जना संक्रमित देखिएका छन् ।

योसंगै काठमाडौं उपत्यकामा संक्रमितको कुल संख्या २ हजार २ सय ९६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस