६० वर्षअघि लेखिएको माधव घिमिरेको ‘मृ’त्यु गीत’मा संगीतकार अविरलले यसरी संगीत भरी गोप्यरूपमा गरे रेकर्ड (गीत सहित)

त्यहीबेला घिमिरे परिवारका एक सदस्य अशेष शर्मा र मन्दिरा ढुंगेल म्युजिक कम्पोजर आशीष अविरललाई भेट्न पुगे । भित्रबाट ढोकामा चुकुल लगाएर कुराकानी भयो ।

‘एकदमै गोप्य विषय’ भन्दै अशेषले आशीषलाई एउटा प्रस्ताव गरे । ‘राष्ट्रकवि माधवप्रसाद घिमिरेले ६० वर्षअघि लेख्नुभएको एउटा गीत छ, यसलाई तपाईंले संगीत भरेर गो’प्यरूपमा रेकर्ड गराउनुप¥यो,’ उनले यतिभन्दा अविरल उत्साहित बने ।

तर गो’प्य किन ?
अशेषले प्रष्ट पारे, ‘उहाँले यो गीत आफूलाई नसुनाउन र आफ्नो निधनपछि मात्रै सार्वजनिक गर्न भन्नुभएको छ ।’
राष्ट्रकविका प्रत्येक शब्दहरू शक्ति’शाली र भा’वपूर्ण थिए । ती शब्दहरूको भावार्थ नबुझी उनले संगीतमा न्याय गर्न सक्दैन’थे । गीतका शब्दहरूभित्र पस्न पनि निकै समय लागेको उनी बताउँछन् ।

गीतमा सहज मृ’त्युव’रणको कामना गरिएको थियो । आफ्नो प्राण जाने क्षणको कल्पनालाई संगीतमा ढाल्नु सहज कुरा थिएन । त्यसैले करिब एक महिनासम्म उनी यही गीतको सेरोफेरोमा रुमलिए ।

घिमिरेकी जेठी छोरी शान्ति अधिकारीले संगीतको एउटा परिकल्पना बनाएकी थिइन् । त्यही परिकल्पनामा बाँधिएर अविरलले संगीत सिर्जना गर्न थाले । संगीत तयार भएपछि कुरा आयो गायकको । कसलाई गाउन दिने ? उनको दिमागमा नाम आयो– कर्णदास ।

कारुणिक एवं मुटु छुने गीतहरूमा कर्ण दासको स्वर बल्छ भन्ने अविरललाई थाहा थियो । उनले गाएका ‘जिन्दगीको के भरोसा’, ‘बिस्तारै छायो आँखामा अँध्यारो… ’‘ठूला ठूला महल होइन…’ जस्ता गीतहरू अविरलले सम्झिए । अनि निष्कर्षमा पुगे, यो गीतलाई कर्णदासकै स्वरले न्याय गर्न सक्छ । मन्दिराले पनि सहमति जनाइन् ।

अमेरिकामा लामो बसाइपछि फर्किएका कर्णदास पोखरामा थिए । उनलाई फोन गरेर बोलाइयो । ढोका थुनेर कुराकानी भयो । कर्णदास गीत गाउन निकै उत्साही देखिए । अविरलकै रागा रेकर्ड्स स्टुडियोमा गीतको रेकर्डिङ गरियो ।
उक्त गीत रेकर्ड गर्दा पनि निकै गोपनीयता र सावधानी अपनाइएको मन्दिरा बताउँछिन् ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस