वीरगन्जको अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित पुरुषको मृत्यु

वीरगन्जमा बिहीबार साँझ कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ।

नारायणी कोभिड १९ वीरगन्ज केयर अस्पतालमा उपचाररत वीरगन्ज महानगरपालिका वडा नम्बर ५ का ७४ वर्षीय वृद्धको मृत्यु भएको हो।

जिल्ला प्रशासन कार्यालय वीरगन्जका कोभिड-१९ फोकल पर्सन विनय चौरसियाकाअनुसार बुधबार स्वाब संकलन गरी जेन एक्सपर्ट विधिबाट परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ पुष्टि भएको थियो।

ट्राभल हिस्ट्री नभएका ती वृद्धलाई ज्वरो र खोकीको समस्या थियो। यो सँगै पर्सामा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या २५ पुगेको छ। पर्सा जिल्लामा बिहीबार ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

 

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस