कसरी थाहा पाउने को’रोनाको सं’क्रमण कि रुघाखोकी ?

अहिले मौसम परिवर्तनको समय छ । मानिसहरुमा मौसमी रुघाखोकीले सताउन थालेको छ । विश्वभर को’रोनाको त्रा’स कायमै रहेको बेला नेपालमा देखिएको मौसमी रुघाखोकीको स’मस्यालाई पनि मानिसहरु को’रोना नै हो कि भनेर आ’शंका गर्ने र त्र’सित हुने क्रम पनि बढेको छ । मानिसहरु त्र’सित बनेपनि को’रोना भा’इरस र मौसमी रुघाखोकी लक्षणको आधारमा छुट्याउन सकिने जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र पाण्डे बताउँछन् ।

डा पाण्डेका अनुसार को’रोना सं’क्रमणको लक्षण रुघाखोकी भन्दा फरक हुन्छ । रुघाखोकीमा नाकबाट पानी बग्ने, नाक बन्द हुने, सामान्य खोकी लाग्ने, ज्व’रो १०० डिग्री आसपास हुने, सामान्यतया २-४ दिनमा निको हुने हुन्छ ।तर को’रोनाको सं’क्रमणमा लक्षण फरक हुन्छन । तल उल्लेखित लक्षण देखिएमा सरकारी अस्पताल गएर जांच गर्नु आबश्यक हुन्छ ।

को’रोना सं’क्रमणका लक्षण

पहिलो चरण

– ज्व’रो आउने ( १०२ – १०४ डिग्री फरेनहाइटसम्म ),

– सुख्खा तथा लहरे खोकी लाग्ने,

– सास फेर्न गाह्रो हुने, घ्यारघ्यार हुने,

– घांटी बस्ने,

– थ’काइ लाग्ने ।

दोस्रो चरण

– आराम गर्दा पनि सास छोटो भएजस्तो लाग्ने,

– पल्टिएर सुत्दा सास फेर्न गाह्रो हुने,

– श्वासप्रश्वासको अप्ठ्यारोले गर्दा आफ्ना अन्य दी’र्घ’रोगले च्यांप्दै जाने ।

ग ) तेस्रो चरण

– सास फेर्न निकै गा’ह्रो हुने अर्थात हरेक सासको लागि संघर्ष गर्नुपर्ने, बोल्न एकदम गा’ह्रो हुने,

– धेरै छा’ती दुख्ने,

– उठ्न निकै गा’ह्रो हुने,

– कुराहरु विर्षने, कन्फ्युज हुने,

– बे’होश हुने ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस