२० सेकेण्डमा कोरोनाको भाइरस खत्तम पार्ने सस्तो र सहज उपाय

काठमाडौं, ५ भदौ । विगत ६ महिनादेखि केही चिजलाई लिएर सबै मानिसहरुको वानी नै परिवर्तन भइसकेको छ । जस्तो कि, कोरोना महामारीका कारण मानिसहरुले मास्क लगाउन, सेल्फ आइसोलेशन बस्न र सोसल डिस्टेन्सिङको बारेमा सचेत बनिरहेका छन् ।

अहिलेको समयमा सबै भन्दा महत्वपूर्ण कुरा हात धुनु पनि हो । तर, पछिल्लो समयमा सबैले मिचिमिची हात धुन कम गराइएको हो कि भन्ने आशंका गर्न थालिएको छ ।

गत फेब्रुअरीमा विश्वमै कोरोना महामारी तीब्र रुपमा फैलिरहेको समयमा स्वास्थ्य एजेन्सीहरुले कोरोना भाइरसबाट कसरी सुरक्षित रहन सकिन्छ ? भनेर सबैलाई सल्लाह दिदै आएका थिए ।

जहाँ तातो पानीले कम्तिमा २० सेकेण्डसम्म हात धुने सुझावलाई दिनदिनै विशेषज्ञहरुले महत्वपूर्ण बताएका थिए । बस्टन म्यासाच्युसेट्सको नर्थ–इस्टर्न विश्वविद्यालयका रसायन विज्ञान र रासायनिक जीव विज्ञानको एसोसिएट प्रोफेसर थमस गिलबर्टले कोरोना भाइरसलाई सिर्फ एक सस्तो सावुन र तातो पानीले नै हटाउन सकिने बताएका छन् ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस