सर्लाहीका २२ वर्षीय युवक जनकपुरको ‘गोरधई’ पोखरीमा मृ त अवस्थामा फेला

जनकपुरधाम, ६ भदौ । जनकपुरको एक पोखरीमा मृत अवस्थामा फेला परेको छ । जनकपुरधाम उप महानगरपालिका ९ पीडारी चोकमा रहेको एक पोखरी (गोरधई) मा मृत अवस्थामा युवक भेटिएको छ ।

मृतक सर्लाही घर भई हाल जमकपुर ९ शंकटमोचन मन्दिर छेउ डेरा गरी बस्ने अन्दाजी २२ वर्षीय युवक अविनाश कर्ण रहेको धनुषा प्रहरीले न्यूज २४ लाई जानकारी दिनुभयो । प्रहरीले दिएको जानकारी अनुसार युवकको केही महीनादेखि मानसिक सन्तुलन बिग्रेको र उपचार समेत भई रहेको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतका अनुसार मृतकका आफन्त सम्पर्कमा आई सकेका छन् । आज बिहान करिब साढे ६ बजे प्रहरीले जानकारी पाउन साथ घटनास्थल पीडारी चोक पुगेको थियो ।

मृतक युवक जनकपुरको एक विद्यालयमा अध्यापन पेशा गर्दै आएका थिए । मानसिक सन्तुलन खराब रहेका उक्त युवकलाई घरमा नै केहि दिन देखि बाधेर राख्ने गरेको र तीन दिन पूर्व मृतक युवक घरबाट भागेको परिवारलाई उधृत गर्दै धनुषा प्रहरीले जनाकारी दिएको छ ।

मृतक युवकका बुबा प्रहरी सम्पर्कमा आई सकेको र कानून अनुसार मुचुल्का उठाई शव परिवारलाई बुझाउने कार्य भई रहेको धनुषा प्रहरीले जनाएको छ । मृत्युबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको धनुषा प्रहरीले जनाएको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस