गरिबीको फाइदा उठाउँदै होटलमा काम लगाइदिने बहानामा १४ वर्षकी बालिकालाई घरवाटै लिएर गएका होटलसंचालकले बाटोमै गरे करणी, पैसा लिएर बयान बदल्न दबाब (भिडियो सहित)

काठमाडौ । सल्यानमा एक जना १४ वर्षकी बालिकालाई गरिबिको फाइदा उठाउँदै होटल संचालकले काम लगाइदिने बहानामा करणी गरेका छन् । साँझको समयमा घरवाटै लिएर गएका होटल संचालकले घरमा नपुग्दै बाटोमै करणी गरेको बालकाले बताएकी छन् ।

म जान्न भन्दा भन्दै केही हुँदैन होटलमा काम गर्ने हो भन्दै मोटरसाइकलमा लिएर गएका थिए । तर बिच वाटोमै पुगेपछि उनले होटलमा होइन कुखुरा फाराममा काम गर्ने हो भन्दै जंगल तर्फ लिएर गएको बालिकाले बताएकी छन् ।

सल्यान श्रीनगर स्थित रोयल गेस्ट हाउसका संचालक हिमराज बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ । तर अहिले गाउँ भरीका सबै लागेर उनीहरुलाई पैसा लिएर मिल्न दवाव दिइरहेको बालिकाले बताएका छन् ।

आफ्नै परिवारका सदस्य पनि पैसा लिएर मिल्नुपर्छ भन्दै आएको उनीहरुको भनाई छ । एक जना हाम्रा फुपाजु पैसामा मिल्नुपर्छ भन्न आउनुभयो, बालिकाले भनेकी छन्, उनीहरुबाट २ लाख लिएर एक लाख हामीलाइ दिने एक लाख आफुले राख्ने भनेर कुरा गर्न आउनु भएको थियो ।

बुढाथोकीको श्रीमतीले पनि आफुलाई होटलमै बोलाएर मिल्न दवाव दिएको किशोरीको भनाई छ । गरिबिको फाइदा उठाउँदै गाउँका अगुवाहरु नै मिल्न भन्दै आफुहरुलाई दवाव दिन आएको भन्दै बालिकाले गुनासो गरेकी छन् । बुढाथोकीको परिवारले अहिले पी डित परिवारलाइ बारम्बार फोन गरेर र भेटेर पैसामा कुरा मिलाउन दबाब दिएको खुलेको हो ।

त्यस्तै पीडित बालिकाकी दिदिलाइ पनि आरोपित होटल संचालककी श्रीमतीले भेटेर पैसामा मिल्न बबाद दिएको उनले बताइन् । यो सँगै श्रीनगरमा होटल संचालकका नजिकका अन्य व्यक्तिहरुले पनि घटनालाइ पैसामा मिलाउन विभिन्न प्रयासहरु गरिरहेको बताएकी छन्

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस