दुखद खबर: भक्तपुरमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि

भक्तपुर, ६ भदौ । सशस्त्र प्रहरी बल गुहेश्वरी गण दुवाकोटका २० प्रहरीसहित भक्तपुरमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये चाँगुनारायण नगरपालिका अन्तर्गत सशस्त्र गुहेश्वरी गणका २० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।

मिजाकार अनुसार मध्यपुर थिमिका पन्ध्र जना, भक्तपुर नगरपालिकाका ८ जना, सूर्यबिनायक नगरपालिकाका पाँच जना गरी कुल ४८ जनामा संक्रमण पुष्टि भएको हो ।

आइसोलेसनमा बसेको दुई जनाको पुन परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको कारण आज भक्तपुरमा संक्रमितको संख्या पचास पुगेको हो ।
(
संक्रमितमध्ये पुरुषको संख्या ३९ र महिलाको संख्या ११ रहेको मिजारले जानकारी दिए । भक्तपुरमा ७६ वर्षीय एक बृद्धको कोराना संक्रमणका कारण मृत्यु भएको र उनको सम्पूर्ण बिबरण आउन बाँकी रहेको पनि जानकारी गराइएको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस