पाँच मिनेटको घम्सा घम्सीपछि हरिबहादुरले मा रे आक्र मण गर्ने चि तुवा

लमजुङको बेशीसहर नगरपालिका ९ साम्दी गाउँमा आइतबार बिहानै चितुवा पस्यो। घरघर डुलेको चितुवाले बालबालिका र बाख्रालगायत घरपालुवा जनावरमाथि आक्रमण गर्न सक्ने ठानेर गाउँलेहरू डराए।

चितुवा भगाउन होहल्ला गरे। तैपनि चितुवाले गाउँ छाडेको रहेनछ। पौने आठ बजेतिर चितुवा स्थानीय हरिबहादुर थापाको घरछेउ आइपुग्यो।

गाउँमा बाँदर पनि आइरहन्थ्यो।

‘गाउँलेहरूले हैट… है ट… गरिरहेका थिए। घरछेउको गल्लीमा केही उफ्रिएजस्तो लाग्यो। बाँदर हो कि भनेर खले गराको डिलबाट गल्लीतिर हेरेकोमात्रै थिएँ, बुर्लुक्क उफ्रेर चितुवा पो ममाथि जाइलाग्यो,’ घाइते थापाले सेतोपाटीसँग भने, ‘पाँच मिनेटजति म र चितु वाबीच घम्सा घम्सी भइरह्यो।’

उनको हातमा हँसिया रहेछ।

‘कान्लामुनिबाट उफ्रेर आएको चितुवाले मेरो पाखुरामा पहिले चिथोर्‍यो,’ उनले भने, ‘मेरो हातमा पनि हँसिया थियो। हँसियाले हानें। हँसिया चितुवाको नाकमा लागेछ।’

त्यसपछि चितुवा र थापा भुइँमा ढलेछन्। चितुवा उठेर फेरि आक्रमण गर्न आएपछि थापाले चितुवाको घाँटीमै हँसियाले हानिदिए

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस