सिन्धुपाल्चोकमा एक साताका लागि फेरि थपियो लकडाउन

सिन्धुपाल्चोक, भदौ ७ गते । सिन्धुपाल्चोकमा ८ गतेदेखि एक साताको लागि लकडाउन थपिएको छ । आइतबार बसेको जिल्ला कोभिड १९ संकट ब्यबस्थापन समितिले एकसाता लकडाउन थपेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताउनु भयो । यसअघि भदौ १ गतेबाट ७ गते राती १२ बजेसम्म लकडाउन गरिएको थियो ।

उहाँका अनुसार जिल्लामा संक्रमण दर बढदै गएकोले लकडाउन थपेको हो । लकडाउन अबधिभर कोही पनि घर बाहिर निस्कन पाउने छैनन् । एम्बुलेन्स, दमकल र अत्यावश्यकका सवारी साधान बाहेक अन्य सवारी साधान चल्न पाउने छैनन् ।

बिद्यालय, होटल, रेष्टुराँ, शैलुन, तालिम, गोष्टी, प्रर्दशन, खेलकुद लगायतका गतिबिधि गर्न रोक लगाइएको छ । सरकारी, गैरसरकारी, बैंक, बित्तिय संघसंस्था दिनको ११ बजेदखि २ बजेसम्म खोल्न पाइने भएको छ । सिन्धुपाल्चोकमा ८६ जना कोभिड १९ का बिरामी देखिएका छन् । जसमा ७४ जना निको भई घर फर्किएका छन् । ९ जना उपचारत छन् । कोभिड १९ का कारण ३ जनाको निधन भएको जिल्ला स्वास्थ कार्यालयले जनाएको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस