विदेशमा पीसीआर नेगेटिभ रिपोर्ट आएकाहरु सिधै घर जान पाउने : मन्त्री भट्टराई

काठमाडौं, ०८ भदौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विदेशमा पीसीआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएकाहरु सिधै घर जान पाउने बताउने बताउनुभएकाे छ । सरकारले बिदेशमा अलपत्र परेका उद्धार गरेर नेपाल ल्याएकालाई  होटल क्वारेन्टाइन बसाउन काठमाडौका तारे होटलहरुसँग सहकार्य गरिहेको छ ।

बिदेशमै पीसीआर परीक्षण गरी नेगेटिभ रिपोर्ट आएका यात्रुहरुले भने सरकारले वेवसाटमा राखेको फारम भर्नुपर्ने र ठेगाना प्रष्टसँग लेख्नुपर्ने बताउनुभायाे ।  नेपाल आएपछि पीसीआर परीक्षणको नेगेटिभ रिर्पोट देखाएर घर जान पाईने मन्त्री भट्टराइले बताउनुभयो । यद्यपि उनीहरुले १४ दिन होम क्वारेन्टाइन भने अनिवार्य बस्नु पर्ने बताउनुभयो । उहाँले- ‘भन्नुभयो एयरपोर्टमा आएर उहाँहरुले ७२ घण्टा भित्रको नेगेटिभ रिपोर्ट देखाउनु हुन्छ । त्यसपछि उहाँहरुलाई घर गएर १४ दिन होम क्वारेन्टाइन बस्ने सर्तमा पठाइनेछ ।’

उता पीसीआरको सुविधा नभएका मुलुकहरुबाट नेपाल आएका यात्रुहरुले भने ७ दिनसम्म अनिवार्य होटल क्वारेन्टाइनमा बस्नुपर्ने र पीसीआर परीक्षण गराएर मात्रै घर जान पाउने मन्त्री भट्राईले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस