शे’र्पा संघ बेलायतका अध्यक्ष साना शे’र्पाको कोरोना सं’क्रमणबाट मृ’त्यु

काठमाडौँ, ९ भदौ । कोरोना सं’क्रमणका का’रण पूर्व ब्रिटिस गोरखा सैनिक तथा शे’र्पा संघ बेलायतका अध्यक्ष साना शेर्पाको मृ’त्यु भएको छ। भोजपुरको षडानन्द नगरपालिका घर भएका ५१ वर्षीय शे’र्पाको सोमबार लण्डनको सेन्ट थोमसेज हस्पिटलमा उपचारका क्रममा नि’धन भएको शे’र्पा संघ बेलायतले जनाएको छ ।

उनी तीन छोरा र श्रीमतीसँगै बेलायतको आसफोर्डमा बसोबास गर्दै शे’पाको कोरोना संक्रमणका का’रण नि’धन भएको हो ।

सुरुमा उनलाई आसफोर्ड केन्टको विलियम हार्भे अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ कोरोना सं’क्रमण पुष्टि भएपछि उनलाई सेन्ट थोमसेस हस्पिटलमा सारिएको हो । पूर्व ब्रिटिश गोरखा सै’निक शे’र्पाले सेभेन्थ गोरखा राइफल्सको टुआरजीरआरमा सेवा गरेका छन्।

प्रतिक्रिया दिनुहोस