काठमाडौं उपत्यकामा थप २ सय ३२ जनामा संक्रमण,काठमाडौंमा मात्र १ सय ९९ थपिए

काठमाडौं, ९ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ सय ३२ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ३२ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र १ सय ९९ संक्रमित थपिएका छन् भने ललितपुरमा १९ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा १४ जना संक्रमित देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस