भाग्यमानीले मात्रै भेट्छन् पाँच पात भएकाे बेलपत्र, भगवान शिवलाई चढाउँदा कस्तो फल मिल्छ?

भगवान् आशुतोष जगत्का पिता शिवकाे पुजाका लागि रुद्रा अभिषेक तथा बिल्वपत्रकाे प्रथमथान रहिआएको छ । शास्त्रमा उल्लेख भएअनुसार भगवान् शिवका लागि यदि एउटामात्रै बेल्वपत्र जढएमा काेटी कन्या अर्थात् एककराेड कन्यादान गरेकाे जति फल प्राप्त हुने उल्लेख गरिएको छ ।

सम्पूर्ण सिद्धिहरुकाे आश्रय थल भनेकै बेल्व पत्रकाे वृक्ष हाे । यसकाे वृक्षकाे वरिपरि बसेर कुनै पनि प्रकारका स्ताेत्त्र पाठ या जप गरेमा यसकाे फलभन्दा धेरैगुणा वृद्धि हुनुका साथै शीघ्र रुपमा कार्य सिद्धिहुने शास्त्रमा उल्लेख गरिएको छ ।

यसकाे फल तथा समिधा हवन गरेमा लक्ष्मीकाे आगमन हुने र बेल्वपत्र सेवन गरेमा दीर्घकालीन राेग समेत निकाेहुने शास्त्रमा उल्लेख गरिएको छ । बिल्वपत्र सबै देवी देवता हरुलाई चढाउन सकिने विधान शास्त्रमा छ । यदि साधकले स्वयं बिल्वपत्र टिप्नु परेमा यस मन्त्र पढेर टिपेमा कुनै प्रकारकाे दाेष नलाग्ने भनेर भनिएकाे छ ।

‘अमृतोद्भव श्री वृक्ष महादेवत्रिय सदा।
गृहणामि तव पत्राणि शिवपूजार्थमादरात्।।’

बिल्वपत्र कहिले टिप्नु हुदैन :- लिंगपुराणका अनुसार चतुर्थी, अष्टमी,नवमी,चतुर्दशी, अमावाश्य, संक्रान्ति तथा साेमबार बेल्वपत्त्र टिप्नु हुदैन । शिव लगाएत देवी देवता हरुका लागि बेल्वपत्र अति प्रिय भएकाले जुन दिन टिप्नु हुदैन त्याे भन्दा अधिल्लाे दिमा नै टिपेर राख्नु पर्ने नियम रहेकाे छ ।

याे शक्तिशाली वृक्ष भएकाले निशेध गरिएकाे तिथिमा यसकाे शक्तिक्षिण हुने हुदा तिथिअनुसार नै टिप्नु पर्ने नियम रहेकाे छ । बिल्वपत्र कहिल्यै अशुद्ध तथा बासि हुदैन एकपटक चढाइ सकेपनि पुन पखालेर चढाउन समेत मिल्ने कुरा स्कन्द पुराणकाे यस श्र्लाेमा उल्लेख गरिएको छ ।

‘अर्पितान्यपि बिल्वानि प्रक्षाल्यापि पुन: पुन:।
शंकरार्यर्पणियानि न नवानि यदि क्वाचित।।’

बिल्वपत्र तीन या साेभन्दा माथि जतिसुकै पात भएपनि चढाउन सकिने छ तर तीन पातभन्दा कम भएमा चढाउन नहुने र चढाउदा डण्डिमा भएकाे डाठ पनि चढाउन नहुने शास्त्रमा उल्लेखगरिएकाे छ ।

‘त्रिदलं त्रिगुणाकरं त्रिनेत्र व त्रिधायुतम्।
त्रिजन्म पाप संहारं एकबिल्वम शिवार्पणम्।।

शिव उपासना या मंगलिक कामना सहित साधनाका लागि प्रतेकदिन शिव भक्तले बिल्वपत्त्र चढाएमा हरेक प्रकारका बन्धन तथा बाधा बाट मुक्ति मिल्ने शास्त्रमा उल्लेख गरिएकाे छ । यसरी हरेक दिन चढाएमा सुख,शान्ति तथा लक्ष्मीकाे सदैव घरमा निवास हुने पनि उल्लेख गरिएको छ ।

यदि कसैले बेल्वपत्र चढाउदा या टिप्ने क्रममा तीन पात भन्दा माथि पाँच या सात पात भएकाे अथवा चार पात भएकाे बेल्वपत्र भेटाएमा उक्त बेल्वपत्त्र शिवजीलाई चढाएर घरमा राखेमा प्रतक्ष रुपमा लक्ष्मीकाे बाँस हुने पनि उल्लेख गरिएको छ ।

यस्ताे घरमा लक्ष्मीकाे बाँस सदैब रहिरहने उल्लेख गरिएको छ । उक्त बेल्वपत्त्रलाई पुजा घर या व्यवसायी हरुले साथमा राखेमा ईक्षा पुर्णहुने बताईएकाे छ । शास्त्रमा १३ पत्ता भएकाे बेल्लवपत्रकाे वर्णन गरिएको छ । उक्त बेल्वपत्त्र एक मुखे रुद्राक्ष जस्तै शक्तिशाली हुने र सात्क्षात शिबकाे अवतार हाे भनेर पनि उल्लेख गरिएको छ ।

बेलपत्र चढाउने मन्त्र

नमो बिल्ल्मिने च कवचिने च नमो वर्म्मिणे च वरूथिने चनमः श्रुताय च श्रुतसेनाय च नमो दुन्दुब्भ्याय चा हनन्न्याय च नमो घृश्णवे॥
दर्शनं बिल्वपत्रस्य स्पर्शनम्‌ पापनाशनम्‌। अघोर पाप संहारं बिल्व पत्रं शिवार्पणम्‌॥
त्रिदलं त्रिगुणाकारं त्रिनेत्रं च त्रिधायुधम्‌। त्रिजन्मपापसंहारं बिल्वपत्रं शिवार्पणम्‌ अखण्डै बिल्वपत्रैश्च पूजये शिव शंकरम्‌। कोटिकन्या महादानं बिल्व पत्रं शिवार्पणम्‌॥ गृहाण बिल्व पत्राणि सपुश्पाणि महेश्वर। सुगन्धीनि भवानीश शिवत्वंकुसुम प्रिय।

प्रतिक्रिया दिनुहोस