हेटौंडावाट सुरु भयो निषेधाज्ञा तोड्ने अभियान, जनता थु’नेर कोरोना नियन्त्रण हुँदैन भन्दै विकल्प खोज्न सरकारलाई चेतावनी

काठमाडौ, १० भाद्र । लामो समय सम्म गरिउको लकडाउन र त्यसपछिको निषेधाज्ञाका कारण सर्वसाधारण निकै ठूलो समस्यामा परेको भन्दै मकवानपुरको हेटौंडावाट निषेधाज्ञा तोड्ने अभियान सुरु भएको छ । कोरोना नियन्त्रणका नाममा सरकारले लकडाउन र निषेधाज्ञा जारी गरेर जनताको सम्बेदनसिलता प्रति कुनै चासो नदेखाएको भन्दै नेपाली कांग्रेसले निषेधाज्ञा तोड्ने अभियान सुरु गरेको छ । कांग्रेसले हेटौडामा सार्वजनिक कार्यक्रम गरेको छ ।

हेटौंडा उपमहानगरपालिका– ७ चौघडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बागमती प्रदेशको प्रतिपक्षी दलका नेता इन्द्र बानियाँले निषेधाज्ञा तोड्ने अभियान सुरु गरेको जानकारी दिएका छन् । कोरोना नियन्त्राणको नाममा जनतालाइ थु’नेर राख्न नपाइने भन्दै सामाजिक दुरी र स्वास्थ्य सजगता अपनाएर जिवन सामान्य बनाउन माग गरेका छन ।

‘अब निषेधाज्ञा तोड्ने अभियान मैले सुरु गरेको छु, सामाजिक दुरी कायम गरेर काममा जानुको कुनै विकल्प छैन उनले भने, लकडाउन र निषेधाज्ञाले आर्थिक मन्दी भएर सर्वसाधारणको बिचल्ली हुन्छ ।

हेटौंडामा कोरोना संक्रमितको संख्या बढेको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । तर काग्रेसले सुरु गरेको निषेधाज्ञा विरुद्धको अभियानमा १७१ जना सहभागी भएर पार्टी प्रवेश गरेको कांग्रेसको दावी छ ।

प्रतिक्रिया दिनुहोस