गाई काटेको आरोपमा बूढानीलकण्ठ नगरपालिकाबाट एक जना प्रहरी नियन्त्रणमा

काठमाडौं, १० भदौ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ चुनिखेलमा राष्ट्रिय जनावर गाई काटेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

बुधबार विहान प्रहरीले संखुवासभा भोटखोला गाउँपालिका वडा नम्बर ३ हटिया घर भएका ३२ वर्षीय छेन्डुक भोटेलाई गाई काटेको आरोपमा नियन्त्रणमा लिएको हो ।

जानकारी अनुसार महानरीय प्रहरी प्रभाग, कपनबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

छेन्डुकले बुढानिलकण्ठ नगरपालिकाको चुनिखेलस्थित च्याने खोलामा गाई काटेर खोलामा फाल्दै गरेको अवस्थामा स्थानीयहरुले थाहा पाएपछि प्रहरीलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस