पोखरामा ३२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

पोखरा । कास्कीको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानअन्तर्गतको कोभिड १९ उपचार केन्द्रको आईसीयूमा उपचाररत पोखरा महानगरपालिका–११ घर भएकी ३२ वर्षीया महिलाको बिहीबार बिहान ८ बजे मृत्यु भएको हो ।

कोरोना भाइरसको संक्रमण देखिएपछि भदौ ७ गते प्रतिष्ठानमा भर्ना भएकी उनको अवस्था जटिल बन्दै गएपछि आईसीयूमा राखेर उपचार हुँदै आएको थियो ।

बिहीबार बिहानै ललितपुरको पाटन अस्पतालमा उपचाररत अर्की एक महिलाको पनि मृत्यु भएको छ ।

बिहीबार बिहान ६ बजेतिर ललितपुरकै ६५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको पाटन अस्पतालले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस