‘कुलमानले लोडसेडिङ अन्त्य गरेका होइनन्’ भनेर मुकेश काफ्लेले भनेपछि चर्काचर्की (भिडियो हेर्नुहोस् )

नेपाल विद्युत प्राधिकरणका कार्यका’री निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल अर्को महिना सकिंदैछ । २०७३ सालमा तत्कालीन उर्जामन्त्री जनार्दन शर्मा प्र’भाकरको प्रस्तावमा मन्त्रिपरि’षद्ले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । आगामी भदौ २९ गते घिसिङको कार्य’काल समाप्त हुँदैछ ।

आफ्नो चारवर्षे कार्य’कालमा प्राधिकरणभित्रका धेरै स’मस्या समाधान गर्न सफल बनेका घिसिङ’लाई लोडसेडिङ हटाएको, विद्युत चुहावट न्यूनीकरण गरेको, चरम घाटामा रहेको प्राधिकरणलाई ना&फामा लगेको जस्ता कारणबाट जनताको न’जरमा नायकको छवि बनाएका घिसिङलाई पुनः चार वर्ष प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्नुपर्ने आवाज सर्वसाधारणले सामाजिक सञ्जाल’मार्फत उ’ठाइव्यक्त गरिर’हेका छन् ।

दैनिक १८ घण्टासम्म लोड’सेडिङ भोग्न बाध्य नेपाली’लाई लोडसेडिङमुक्त बनाउन नेतृत्वदायी भूमिका खेलेका उनै घिसिङलाई प्राधिकरणको कार्यकारी नि’र्देशकमा पुनः नियु’क्ति गर्ने सम्भावना भने तत्काललाई निकै कम रहेको बताइन्छ । उर्जा, सिंचाइ तथा जलस्रोतमन्त्री रहेका वर्षमान पुन घिसिङको निरन्त’रताको पक्षमा रहेका भएपनि प्रधा’नमन्त्री केपी शर्मा ओली भने घिसिङको निरन्त’रताको विपक्षमा रहेकोे बुझिएको छ ।

तत्कालीन नेकपा एमा’ले नेतृत्वको सरकारले हटाए पनि घिसिङलाई तत्कालीन माओवादी केन्द्र नेतृत्वको सरकारले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक ब’नाएकोले पनि उ’र्जामन्त्री पुन घिसिङको निरन्तरको पक्षमा देखिएका छन् ।

घिसिङलाई प्राधिकरणको कार्य’कारी निर्देशकमा पुनः नियुक्त गर्न अहिलेका कुनै ऐन, नियम, कानुन बाधक छैनन् । विभा’गीय मन्त्री पुन र प्रधानमन्त्री ओलीको निर्ण’यमा भर पर्छ । प्रधानमन्त्रीय पद्दतिमा प्रधानमन्त्रीले नै रोक्न खोजेमा भने विभागी’य मन्त्रीको जोडबलले मात्रै नियुक्ति हुने सम्भावना अ’सम्भव नरहेपनि कठिन पक्कै छ ।

अर्कोतिर सत्तारूढ नेकपाको आन्तरिक विवाद चर्कदैं गएको अवस्थामा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पक्षमा रहेका उर्जामन्त्री पुनको प्रस्ताव ओलीले स्वीकार गर्न कठिन रहेको उर्जा मन्त्राल’यकै उच्चअधिकारीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस